इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष ५ बजे दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख खापुङले असार १५ गते नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । आज साँझ ५ बजेसम्मको लागि तोकिएको समयमा थापाले केन्द्रीय सरकारमा आबद्ध गठबन्धन अन्तरगत ४ दलको समर्थनमा दाबी गरेका छन् । 

सभामुखलाई समेत गणना गरेर थापाले मुख्यमन्त्री दाबी गरेका हुन् । थापा कोशी प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गर्ने पहिलो मुख्यमन्त्री भएका छन् ।