इटहरी : इटहरीबाट धरान जाने सवारीसाधन लाई इटहरीको मुख्य चोकमै रोकिएको छ । धरानमा हिन्दु धर्मावलम्बीको प्रदर्शन हुने भएपछि प्रशासनले रोक लगाएको हो ।

बिहान तरहरासम्म चल्दै गरेका सवारीसाधनलाई इटहरीको मुख्य चोकमै रोकिएको छ । हाल बाइक लगायत साना सवारीलाई पनि धरान जान निषेध गरिएको छ ।

केही दिन अगाडि गोरुको मासु खाएको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गौरक्षाको माग गर्दै हिन्दु धर्मावलम्बीले र्‍याली गर्ने भएका हुन् । हिन्दु र गैर हिन्दु बिच झडप हुनसक्ने आकलन गरेर प्रशासनले धरानमा १२ घण्टा कर्फ्यु आदेश जारी गरेको हो । 

शुक्रवार राती १२ बजेदेखि शनिवार राती १२ बजेसम्म कर्फ्यु लगाइएको छ ।

sawari sadan rok 2