धरान : इटहरी-१७ मझौराकी ३२ वर्षिया कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । मङ्गलवार  कमलालाई उनकै ज्वाइँ नाता पर्ने भोजपुर साल्पासिलिचा-९ का ४९ वर्षीय निमा तामाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल विराटनगरमा हिजै मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा कमलालाई ज्वाइँ निमाले घाँटीमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

खुकुरी प्रहार गर्ने निमा तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।