धरान : घरायसी लिपपोतको लागि माटो खन्न गएकी एक महिलाको माटोका ढिस्को झरेर पुरिदा मृत्यु भएको छ । मृत्यु भएकी महिला मोरङको बेलाबारी-१० भलुवाईकी २८ वर्षीय सुनिता राजवंशी भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार अपरान्ह बेलबारी नगरपालिका-८ बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा सुनितालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो ।

ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनी सँगै माटो खोज्न गएकी गीता राजबशीले उद्धार गरी अस्पताल पुराएकी थिइन् । गम्भीर घाइते राजवंशीलाई उपचारको लागी नोबेल अस्पतालमा पुराएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।