इटहरी : साउन १६ गते बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुख पद अहिलेसम्म खाली छ । काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन गौतमले राजीनामा दिएका हुन् । त्यसयता उपसभामुख सृजना दनवारले प्रदेश सभाको अध्यक्षता गर्दै आएकी छिन् ।

सोमबार कोशी प्रदेशसभा बैठकमा बोल्ने अधिकांश सांसदले रिक्त सभामुखको लागी प्रक्रिया अगाडि बढाउन आग्रह गरे । सांसद गोपाल तामाङ सभामुखको चयन गर्नुपर्ने बताउँदै प्रदेश सभाको गरिमा कमजोर बन्दै गरेको बताए ।

राप्रपा सांसद गोपाल बहादुर विश्वकर्माले सभामुखको पदपूर्ति गर्नै पर्ने धारणा राखे । सभामुख विहीन प्रदेश सभाको आकर्षण नहुने बताए ।

शून्य समयमा बोक्दै सोभा चेम्जोङ र मैयाँ श्रेष्ठले सभामुख चयन गरेर प्रदेश सभाको गरिमा बढाउन माग गरे ।