इटहरी : नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।

सोमबार बसेको काङ्ग्रेस संसदीय दलको बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

असोज २६ गते सत्तारूढ गठबन्धनको तर्फबाट माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय कार्यान्वयन नभएपछि थापाले राजीनामा दिएका थिए ।

गठबन्धनको निर्णय विपरीत एमालेका सांसदको समर्थनमा कांग्रेसकै केदार कार्की मुख्यमन्त्री भए । पछि गठबन्धनमा आबद्ध दलहरूले कार्कीलाई समर्थन गरेपछि थापाले पनि आफ्नो राजीनामा फिर्ता लिएका हुन् ।

बैठकले राजीनामा अस्वीकृत गरेको निर्णय सुनाउँदै थापाले भने,"अब नियमित जिम्मेवारीमा म फर्किएँ । अब गठबन्धनको सरकारलाई सफल बनाउन लागिपर्छु ।"