विराटनगर : जाडो महिना सुरु भएकोले विराटनगर-१० स्थित मानव सेवा आश्रमका बालबालिका र वृद्धाहरूलाई नेपाल प्रहरी श्रीमती सङ्घ कोसी प्रदेश समितिले न्यानो कपडा प्रदान गरेको छ ।

आश्रममा रहेका ६० जना महिला तथा वृद्धा र १० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । प्रमुख अतिथि श्रीमती सङ्घकी कोसी प्रदेश अध्यक्ष अजिता देवकोटा बास्तोलाले एक कार्यक्रम बिच आश्रीतहरुलाई न्यानो कपडा वितरण गरिन् ।

कार्यक्रममा अध्यक्ष बास्तोलाले आश्रित महिलाहरूसँग भावनात्मक कुराहरू पनि साटासाट गरेकी थिइन् । उनले जाडो मौसम सुरु भएकोले आश्रमका परिवारलाई न्यानो कपडा वितरण गरिएको बताइन् ।

नेपाल प्रहरी श्रीमती सङ्घ कोसी प्रदेशले ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ मानव सेवाका परोपकारी कार्यहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रममा मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू, कर्मचारी, सङ्घका पदाधिकारीहरू सहभागी थिए ।

police shreemiti