धरान : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाज सुधारक महागुरु फाल्गुनन्दको १३९औँ जन्म जयन्तीको अवसरमा कोशी प्रदेश तथा देश विदेशमा रहेका किरात धर्मका अनुयायीहरूमा शुभकामना प्रकट गरेका छन् ।

मुख्यमन्त्री कार्कीद्वारा आज शनिवार जारी शुभकामना सन्देशमा भनिएको छ ‘हाम्रो देश धार्मिक, सामाजिक र सांस्कृतिक विविधताले युक्त छ, महागुरु फाल्गुनन्दका उपदेश र मागदर्शन सर्वदा शाश्वत, सार्वभौम र सार्वजनिक रहिआएका छन् ।’

समाज सुधारका लागि फाल्गुनन्दले विक्रम संवत् १९८८ मा स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’को नीतिलाई विश्व समुदायले अनुसरण गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ ‘आफ्नो धर्म संस्कृतिको उत्थान र उन्नयनका लागि उहाँले गर्नु भएको समाज सुधारका कार्य प्रेरणा र सत्कीर्तिका रूपमा सर्वदा अवस्मरणिय रहने छ ।’

falghunanda-shubhakamana-CM