विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा सहप्राध्यापक डा.सन्देशदास श्रेष्ठ नियुक्त भएका छन् । डिनमा नियुक्त श्रेष्ठले आज बुधवार पदभार ग्रहण गरे ।

पदभार ग्रहण गरेको अवसरमा उनले पूर्वाञ्चल विश्वविद्यालयको शाखलाई बढाउने प्रतिबद्धता व्यक्त गरेका गर्दै भने ‘विश्वविद्यालयको गरिमालाई उच्च बनाउन, विश्वविद्यालयको उन्नयनका लागि समय सापेक्ष पाठ्यक्रमको विकास गरिने छ ।’

सहप्राध्यापक डा. श्रेष्ठ गत शुक्रवार डिनमा नियुक्त भएका हुन । उनलाई उपकुलपति प्रा.डा. यादवराज कोइरालाले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

डा. श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको सातौँ डिन बनेका छन् । डिनको कार्यकाल ४ वर्ष हुन्छ । २०६१ देखि पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापन गराउँदै आएका डा. श्रेष्ठले मार्केटिङ स्ट्रेटेजी प्लानिङमा विद्यावारिधि गरेका छन् ।