धरान : मेयर हर्क सम्पाङले गर्दै आएको लागुऔषध दुर्व्यसन विरुद्ध जुलुसको कुनै प्रभाव नदेखिएको, प्रहरीले थाह पाए पनि कारबाही नगरेपछि धरान-११ कुबिर्ता चौकका टोलवासीले लागुऔषध दुव्र्यसनीहरुलाई आफै कारबाही गर्न राती राती गस्ती गर्न थालेका छन् ।

गस्ती सुरु गरेपछि रातको १० बजे पछि पनि दूव्यर्सनीहरुको जगजगीले हिँड्न नसकिने टोलमा सुधार आएको टोल विकास समितिले दाबी गरेको छ । धरान-११ का १२ वटा टिएलोको सक्रियतामा संयुक्त गस्ती थालेपछि लागुऔषध दुर्व्यसनी र झैँ-झगडामा आधा कमी आएको संयुक्त टिएलोले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

संयोजक उमेश राईले भने ‘धरान-११ का वडावासीको सक्रियतामा लागुऔषध प्रयोगकर्ता र डिलर रहेको स्थानका जनताले सूचना प्रदान गर्दा पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाका अभिभावक र प्रहरी प्रशासनले बेवास्ता गर्‍यो ।’

उनले वडाका ३ ठाउँमा दुर्व्यसनीका जक्सन र डिलर रहेको बताए । बिष्णुचोक, वान डाँडा, वरपीपल चोक जंक्सन भएको, कुविर्ता चौक चौक खुल्ला ब्राउन सुगरको पाइने गरेको बताए । त्यसबारे प्रहरीका सुराकी, प्रहरी बिटलाई जानकारी भए पनि केही नगरेको उनले आरोप लगाए ।

राईले भने ‘इलाका प्रहरीका डिएसपी नवराज मल्लले टिएलो सँग राम्रो समन्वय गर्नु भएका र कारबाही गर्ने पक्षमा रहेपनी बिटका प्रहरी र घुमुवा प्रहरीले फोनकै भरमा मेलमिलाप गर्दै आएका छन् ।’ टिएलोको गस्तीले ठुलो परिमाणका लागूपदार्थ सहित ३ जना पक्राउ गरी प्रहरीलाई बुझाएकोमा एक जना फरार भएको भनी छाडेको आरोप लगाएको छ ।

राईले भने ‘हामीले पक्राउ गरेर इन्स्पेक्टर भीम राईलाई जिम्मा लगाएको दुर्व्यसनी पनि कारबाही नगरी छाडिएको छ ।’ धरान ११ राईजिङ टिएलो अध्यक्ष इन्द्र राईका अनुसार ९ थान हातहतियार सहित पक्राउ गरेर रेल्वे चौकीलाई बुझाएका मानिस इलाका प्रहरी कार्यालय सम्म पनि पुगेन बाटैमा हरायो ।

उनले भने ‘मेयर हर्क साम्पाङको लागूपदार्थ जनचेतना अभियानले धरानमा प्रभाकारिता देखिएन, बरु अझ प्रयोगकर्ता बढेकोबढ्यै छ ।’ दुर्व्यसनीलाई लुक्ने ठाउँमै प्रहरी र स्थानीय सरकारले कारबाही गर्नुपर्ने उमेश राईको भनाई छ ।

उनले टिएलोले पक्राउ गरी पठाएको मान्छे प्रहरी र स्थानीय सरकारले छुटाएको आरोप लगाउँदै  स्थानीय सरकारका मेयर हर्क साम्पाङका समर्थकले कुबिर्ता चोक आएर बुझ्न आग्रह गरे । उमेशले भने ‘फेसबुकमा कुरा नबुझी जे पायो तेहि कमेन्ट नगरौँ ।’

टोलवासीले छोराछोरी लागूपदार्थ दुव्र्यशनबाट बचाउन सबै टिएलो मिलेर संयुक्त गस्ती टोली सूचना आउने बित्तिकै तुरुन्त फिल्डमा खट्ने गरेको संयोजक राईले बताए । अभियानले गर्दा धरान-११ मा ५० प्रतिशत लागुऔषध दुर्व्यसनी घटेको उनको दाबी छ ।

TLO-dharan