विराटनगर : इटहरीका दुई जना युवालाई भारतबाट नेपाल तर्फ मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेको अवस्थामा शनिवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी-१९ का ३१ वर्षीय अनिल कार्की र इटहरी-२ का ३२ वर्षीय सुनिल मगर छन् । उनीहरूको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएका छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २० प १२६६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त मोटरसाइकलमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।