धरान : खोटाङका एक युवा नेपाल-भारत सिमाक्षेत्रमा लागुऔषध ब्राउनसुगर सहित मङ्गलवार दिउँसो विराटनगरमा पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ का २५ वर्षीय मिलन राई छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको राईलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला परेको हो । विराटनगर-१५ ढाट स्थितबाट उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।