धरान : पाँचथरको सदुरमुकाम फिदिम-१० का ३० वर्षीय हुसेन बहादुर कटुवाललाई प्रहरीले २ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, लागुऔषध ट्रमाडोल ४५ ट्याब्लेट, स्पासपैन ६ ट्याब्लेट र नगद ३ हजार ७९० रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार कटुवाललाई जिल्ला प्रहरी पाँचथरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-११ का २८ वर्षीय अमरबहादुर कार्की र त्रियुगा-१२ का २१ वर्षीय चन्द्रबहादुर कार्कीलाई डाईजेपाम, फेनारागन र बुप्रिनोर्फिन समेत ४११ एम्पुल नियन्त्रित औषधी सहित पक्राउ गरेको छ ।

प्रहरी अनुसार उनीहरूलाई बा ९५ प ९५१२ नम्बरको मोटरसाइकलमा आइरहेको बेला उदयपुरको लालपत्ता प्रहरी चौकीको टोलीले चेकजाँच नियन्त्रित औषधी बरामद भएको हो ।