धरान : धरान-१६ स्थित नापी कार्यालय धरान-६ पानबारी स्थित नयाँ कार्यालय भवनमा सरेको छ ।
कार्यालय सार्ने क्रममा बुधवार र बिहीबार धरान-१६ लेखनाथ चौक स्थित कार्यालयबाट सबै काम बन्द हुने सार्वजनिक सूचना उक्त कार्यालयले जारी गरेको छ ।
आइतबार देखी धरान-६ पानबारी स्थित नयाँ कार्यालयबाट सबै काम सुरु हुने सूचनामा जनाइएको छ ।
यसअघि मालपोत कार्यालय धरान-१६ बाट धरान-६ स्थित नयाँ कार्यालय भवनमा सरेको थियो । नापी र मालपोत कार्यालय अलग अलग स्थानमा हुँदा सेवाग्राहीका काममा विलम्ब हुने गुनासो आइरहेका थिए ।
Napi Karyalaya