धरान : नेपाल-भारत सीमावर्ती जिल्ला मोरङ र झापाबाट ब्राउसुगर ओसार पसार गर्नेहरूलाई प्रहरीद्वारा पक्राउ गर्ने क्रम प्रायः दैनिक जारी छ ।

आजै सोमवार दिउँसो मात्र प्रहरीले सुन्दरहरैचा र बिर्तामोडबाट ६ जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार विराटनगर-१५ स्थित १ नम्बर ढाटबाट ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुन्दरहरैचा-४ का २१ वर्षीय मनिष चौधरी, २५ वर्षीय अशोक ऋषिदेव, ३१ वर्षीय नवीन कार्की र ३२ वर्षीय विष्णु चौधरी छन् ।

उनीहरूलाई २ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बिर्तामोड-३ का १९ वर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरीलाई भद्रपुर-५ मेचीपुलबाट ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

उनिहरुको साथबाट प्रहरीले २७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । मेचीपुल बिटको प्रहरी टोलीले पक्राउ गरेको उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।