धरान : धरान-१६ का ४४ वर्षीय शरण श्रेष्ठलाई आज मङ्गलवार दिउँसो प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट एभिल १० एम्पुल, डाइजीपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारागन १० एम्पुल बरामद गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार श्रेष्ठलाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगर-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको श्रेष्ठको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।