धरान : रोटरी क्लब अफ घोपा धरानले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठलाई यातायात क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्दै आएकोमा ‘सर्भिस अवार्ड’बाट सम्मानित गरेको छ ।

यातायात क्षेत्रलाई व्यवस्थित विधि सङ्गत सञ्चालन तथा सुधारमा उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो ।

क्लबले वीपी प्रतिष्ठानमा रही लामो समय चिकित्सा क्षेत्रमा योगदान गरेका प्रा.डा. चन्द्रशेखर अग्रवाल र प्रा.डा. नीलाम्बर झालाई लाइफ टाइम अवार्डबाट सम्मानित गरेको छ ।

क्लबको २२औँ पदस्थापनको अवसरमा शनिवार आयोजित समारोहमा उनीहरूलाई सम्मानित गरेको हो । सोही अवसरमा क्लबले धरानका जेहेन्दार ३ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

प्रमुख अतिथि रोटरी क्लब डिष्ट्रिक ३२९१ का पूर्व अध्यक्ष वासुदेव गोल्यानले सम्मानितहरूलाई पुरस्कार तथा अवार्ड प्रदान गरे । उनले सामाजिक कार्यमा सक्रिय र नेतृत्व क्षमता विकासका लागि रोटरीले खेलेको भूमिका समाज र समुदायका लागि महत्त्वपूर्ण रहँदै आएको बताए ।

विशेष अतिथि कोशी प्रदेश सांसद यशोदा कायस्थले रोटरी क्लब घोपा धरानले शिक्षा, स्वास्थ्य तथा समाजमा विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताइन् । उनले चिकित्सा क्षेत्रमा जीवन बिताएका चिकित्सकद्वयलाई लाइफ टाइम अवार्डबाट सम्मानित गरेर योगदानको उच्च मूल्याङ्कन गरिएको बताइन् ।

समारोहमा रोटरी क्लब अफ घोपाको २२औँ कार्यसमितिको पदभार ग्रहण गरेको थियो । असार १७ गते चयन भएका क्लबको २२ सदस्यीय कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

अध्यक्ष गौरवमान श्रेष्ठ, महासचिव अतुल श्रेष्ठ, कोषाध्यक्ष प्रतीक श्रेष्ठ, निवर्तमान अध्यक्ष विजय खनाल, प्रथम उपाध्यक्ष अलांकार पलिखे, द्वितीय उपाध्यक्ष रोहन हाडा, सहसचिव राम राजभण्डारी, सहकोषाध्यक्ष सुनिता रिजालले पदभार ग्रहण गरे ।

साथै एडमिन चियर सौरब अग्रवाल, मेम्बरसिप चियर विजय मानन्धर, पब्लिक इमेज चियर सैलेश आचार्य, सर्भिस चियर नवीन तामाङ, टिआरएफ चियर डा.सुधा अग्रवाल, यूथ सर्भिस चियर मुकेश अग्रवाल, सारजेन्ट एट आम्र्स पबन अग्रवालले पदभार ग्रहण गरे ।रोटर्याक्ट संयोजक सन्तोष अग्रवाल, इन्टरर्याक्टस संयोजक डा.आषिश श्रेष्ठ, ट्रेनर तुलसी प्रसाद वस्ती, मेन्टर डा.विक्रम श्रेष्ठ, इडिटर नीराजन श्रेष्ठ र आरसिसि गोपाल श्रेष्ठ सहितको कार्यसमितिले कार्यभार ग्रहण गरेको थियो । कार्यसमितिले ११ जना नयाँ सदस्यहरूको ईन्डक्सन एस्सिटेन गभर्नरले चयन गर्नेछ ।

rotract-club-dharan-ghopa