धरान : धरान-१५ का २८ वर्षीय कोलेन राई, २८ वर्षीय सोनाम तामाङ र धरान-७ का २७ वर्षीय अगम राईलाई ब्राउन सुगर सहित बिहीबार दिउँसो विराटनगरमा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू भारतबाट ब्राउन सुगर सहित नेपाल तर्फ पैदल आउँदै थिए । विराटनगर-१५ ढाटमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनीको साथबाट १ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी सिन्धुली दुधौली-९ का २६ वर्षीय श्याम कार्कीलाई नियन्त्रित लागुऔषधी नाईट्राभेट ७५ ट्याब्लेट सहित कटारी-१ बाट प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई उदयपुरको बेल श्रोत प्रहरी चौकीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको बारेमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ ।