धरानः धरान उपमहानगरपालिकामा जागिरको विज्ञापन गरे अनुसार आज बुधवार प्रत्याशीहरुसंग लिने  अन्तरवार्तामा सहभागी एक उम्मेदवारले अन्तर्वार्ता लिनेकै योग्यतामा प्रश्न उठाएका छन् ।

उपमहानगरपालिकाले विभिन्न पदहरुमा कर्मचारीहरु माग गरे अनुसार असोज १९ र २० गते नगर प्रहरी, कार्यालय सहयोगी र औषधी कुटुवा पदको नतिजा प्रकाशन गरेपछि उम्मेदवारहरुलाई अन्तरवार्ता लिएको हो ।

अन्तर्वार्ता लिन नगर प्रमुख हर्क साम्पाङले ‘बिज्ञ सदस्य’को रुपमा उनका निकट दत्त लिम्बूलाई राखेका थिए । अन्तरवार्ता लिने टेलीमा उपमहानगरपालिकाका प्रसासकिय अधिकृत भुपेन्द्र राई, बजार अधिकृत बेदप्रसाद सापकोटा समेत ३ जना थिए ।

प्रमुख निकट भएकैले ‘विषय विज्ञ’

प्रमुख हर्क साम्पाङ आफु निकट भएकैले अन्तरवार्ता लिने टोलीमा दत्त लिम्बुलाई ‘विज्ञ सदस्य’ राखेकोमा कार्यालय सहयोगी पदको अन्तरवार्ता दिन गएका एक प्रत्याशी देबेन्द्र खड्काले उनको योग्यताको बारेमा प्रश्न उठाएका हुन ।

उनले भने ‘दत्त लिम्बू कहाको बिज्ञ हुन उनलाई कस्ले दियो बिज्ञको सर्टिफिकेट ?’ बिषयबस्तु ज्ञान बिनाको व्यक्तिलाई उपमहानगरपालिकाले ‘बिज्ञ सदस्य’ भनि कसरी अन्तरवार्ता लिन राख्यो ? उनले प्रश्न गरे ।

उनले दत्त लिम्बूसंग नेपालको प्रशासन तथा स्थानिय प्रशासनमा काम गरेको अनुभव समेत नभएका हावा भरिएका बेलुन जस्तो भएको बताए । खड्काले भने ‘उनिसग बिज्ञता भएको भए विदेशबाट नेपालीले पठाएको पैसा ‘खोलामा आएको पोइसा खोला मै गयो’ भन्ने थिएनन् ।’

श्रम र मिहिनेतको पैसाको कदर गर्न नसक्ने व्यक्तिले अन्तरवार्तामा आफुलाई पनि त्यसरीनै हतोत्साहित गर्ने प्रश्नहरु गरेको बताए । आफुलाई  ब्याडमिन्टन खेलको मान्छे किन कार्यालय सहयोगी पदमा आएको खेलमै योगदान दिनु पर्दैन ? भनेको उनले बताए ।

ब्याडमिन्टनका खेलमा दक्ष भएतापनी घरको आर्थिक स्थितिको कारण घर चलाउन जागीरको खोजीमा रहेको उल्लेख गर्दै व्यक्तिको वाध्यतालाई दत्त लिम्बुले अपमानजनक रुपमा व्यवहार गरेको आरोप लगाए । 

स्थानिय ऐनमा के छ ?

कोशी प्रदेशसभाका सांसद रमेश बस्नेतका अनुसार स्थानीय सरकार सञ्चालन नियमावलीमा अन्तर्वाताका लागि बिज्ञ सद्स्य राख्दा जुन पद हो त्यो पदको बिषय बिज्ञ हुनुपर्ने, कुनै बिषयमा स्नातक उतिर्ण गरेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

सामाजिक शास्त्रमा विशेषज्ञता हासिल गरेका सामाजिक पद धारण गरेको व्यक्ति हुनुपर्ने स्थानिय सरकार सञ्चालन नियमावलीमा उल्लेख भएको अधिवक्ता दर्शन राईको पनि भनाई छ ।

नगर प्रमुख साम्पाङ अन्तरवार्ताको लागि तोकेको व्यक्ति दत्त लिम्बु भने उपमहानगरपालिकाको वा नगर प्रमुखको सल्लाहकार समेत होइनन् । प्रमुख साम्पाङले आफुलाई कोही सल्लाहकार नचाहिने भन्दै आएका छन् । ऐन अनुसार प्रमुखले सल्लाहकार नियुक्त गर्न पाउँछन ।

कार्यपालिकाले विज्ञ सदस्य नियुक्त गरेको छैन 

धरान उपमहानगरपालिका वडा ८ का अध्यक्ष रुपेश आचार्यले कार्यापालिकाले कसैलाई ‘बिज्ञ सदस्य’ भनेर नियुक्त नगरेको बताए । उनले भने ‘कार्यपालिकाले कसैलाई पनि ‘विज्ञ सदस्य’ भनेर नियुक्त गरेको छैन ।’

धरान उपमहानगरपालिको कार्यालयको लागि आवश्यक नगर प्रहरी, कार्यालय सहयोगी र औषधी कुटुवा पदका लागि कर्मचारी माग गरिएको जानकारी समेत कार्यपालिकामा नआएको बताउँदै भने ‘ अन्तर्वार्ता बारे केही थाहा छैन ।’