काठमाडौँ : सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै छ ।

शुक्रवार राति काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडक मार्ग हुँदै शनिवार बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

लामिछानेविरुद्ध प्रहरीले सङ्गठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो ।

अदालतले दिएको अनुमतिमा सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराध सम्बन्धी विषयमा अनुसन्धानको शीलशीलमा पक्राउ गर्न अनुमति दिएको उल्लेख छ ।