धरान : नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएल धरान उपमहानगरपालिका वडा नम्बर ८ वडा कमिटीको अध्यक्षमा करिम अन्सारी चयन भएका छन् ।
सोमबार भएको ८ औँ वाईसिएल वडा सम्मेलनले अन्सारीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मोजाईद अन्सरी, सचिवमा एक्शिल ईवराल अन्सारी, सह-सचिवमा ईदिम अन्सारी, कोषाध्यक्षमा खुसबुदा खातुन रहेका छन् ।
सदस्यहरूमा मुस्तफाक अन्सारी, सयसुदिन अन्सारी, नसिम अन्सारी, मुकतार अन्सारी, मनिर अन्सारी, समीर अन्सारी, निजाम अन्सारी, याकव अन्सारी, असलाम अन्सारी रहेका छन् ।
सम्मेलनमा प्रमुख अतिथि माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य अशोक राई रहेका थिए । प्रमुख अतिथि राईले नवगठित वाईसिएल कमिटीलाई शपथ ग्रहण गराएका थिए ।
उनले सरकारले सहकारी ठगी प्रकरणमा दोषी देखिएका काँग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याई जोगाउन खोजेको बताए । नवगठित वाईसिएलको समितिले सरकारको विरोध गर्न अग्रसर हुनुपर्ने बताए ।
आयोजक समिति संयोजक समेत रहेका करिम अन्सारीको सभापतित्वमा भएको सम्मेलनमा वाईसिएल नगर अध्यक्ष दीपक घिसिङ, वाईसिएल केन्द्रीय सदस्य चिन्तन भुजेल, श्री सुब्बा, नेकपा माओवादी नगर सल्लाहकार विजय पौडेल लगायतको को उपस्थिति रहेको थियो ।