धरान : प्रेस सेन्टर सुनसरीको शुक्रवार भएको पाँचौँ अधिवेशनले तीर्थ कार्कीलाई पुनः अध्यक्ष चयन गरेको छ । उनको अध्यक्षतामा ११ जना कार्यसमिति गठन भएको छ ।
समितिको उपाध्यक्ष लक्ष्मी दंगाल, दिलबहादुर राई, सचिव विनोद विश्वकर्मा र सहसचिवद्वय रश्मि प्रधान र सुवास खत्री, कोषाध्यक्ष गणेश तिम्सिना चयन भएका छन् । सदस्यहरूमा अनिश बस्नेत र सुमित थापा छन् ।
समितिको पहिलो बैठकले २ जना मनोनीत गर्ने अध्यक्ष कार्कीले बताए । अधिवेशनमा केन्द्रीय उपाध्यक्ष विवेक गौतम प्रमुख अतिथि थिए । केन्द्रीय सदस्य श्रीशिशा राई, कोसी प्रदेश उपाध्यक्ष राजन समिप, धरानका उपप्रमुख अइन्द्र विक्रम बेघा, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुब ढकाल, प्रेस चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेल लगायतको उपस्थिति थियो ।
उद्घाटन समारोहमा पत्रकार महासङ्घको निर्वाचनमा सेन्टरबाट जिल्ला कार्यसमितिमा निर्वाचित विनोद विक र प्रदेश परिषद् सदस्य निर्वाचित धनकुमार राईलाई सम्मान गरिएको थियो ।