धरान : छोरीसँग प्रेमको नाटक गरेर ललाई फकाई वृद्धआमाको सम्पत्ति ठगी गरेको मुद्दामा जेल चलान भएका धरान-१६ का रामप्रसाद राई धरौटीमा छुटेका बेला ठगी गरेको जग्गा बेचबिखन गर्न लागेको पीडित परिवारकी जेठी छोरी चन्द्रा लिम्बुले आरोप लगाएकी छन् ।

राई पक्राउ पर्नु अघि २०८१ जेठ २१ जग्गा फिर्ता गरिसक्ने लिखित सहमति गरेका थिए  । धरान-१८ वडा कार्यालयमा जग्गा फिर्ता गर्ने गरेको लिखित सहमति अनुसार जग्गा फिर्ता नगरेकाले जेलबाट धरौटीमा छुटेर जग्गा बेच्न लागेको चन्द्रा लिम्बुले पत्रकारहरूलाई बताइन् ।

बुधवार पत्रकार भेटघाटमा परिवारकी जेठी छोरी चन्द्राका अनुसार राईले सम्पत्ति हडप्ने नियतले उनकी बहिनी धरान-१५ की रेखा लिम्बु (नाम परिवर्तन) लाई झुटो प्रेम जालमा फसाएर ७३ वर्षीय वृद्धा आमाको नाममा रहेको ८ कट्ठा २ धुर जग्गा २०७५ मङ्सिर २९ गते आफ्नो नाममा पास रजिस्ट्रेसन पास गराएका थिए ।

राईले करिब ८ वर्ष प्रेम सम्बन्ध राखेपछि ललाई फकाई हुनेवाला ज्वाइँ हुँ भन्दै वृद्धा आमासँग पनि नजिक भएर मोरङ साबिक दुलारी ४ ख कित्ता नम्बर ७७९ को ८ कट्ठा २ धुर जग्गा पास गराई मागेका थिए । पीडित परिवारले ठगी मुद्दा दर्ता गराए पछि गत २०८१ असार १३ गते पक्राउ परे ।

अहिले राई धरौटीमा छुटेर तारिख धाउँदै छन् । चन्द्राले भनिन ‘अदालतमा मुद्दा चलिरहेको बेला धरौटीमा छुटेका राईले अदालतको अपहेलना गर्दै जग्गा बेचबिखनका लागि मान्छे प्रयोग गरेको आरोप लगाईन ।’ भूमि सुधार मालपोत कार्यालय बेलबारीमा २०८१ चैत्र ११ गते आमा हर्कमाया लिम्बुनी मार्फत जग्गा रोक्काको लागि निवेदन समेत दर्ता गराए पनि राई कै नाममा जग्गा भएकाले किनबेच गर्न लागेको बुझिएको उनको भनाई छ ।

राईले २०८० फागुन २० गते जग्गा फिर्ता दिन्छु भनेर सहमति समेत गरेका छन् । राईले गरिखान्छु भनेर जग्गा मागेका थिए । उनले भनिन् ‘बैङ्कबाट लोन खान मात्र हो जग्गा पछि फिर्ता गर्छु भनेपछि हामीले पास गराईदिएका थियौँ ।’

राईले जग्गा बेच्न खटाए मुकेशलाई

धरौटीमा छुटेका राईले प्रकाश श्रेष्ठलाई जग्गा बेच्न लागेको जग्गाको सधियार मार्फत सूचना थाहा पाएको उनले बताईन् ।

सूचना पाउने बित्तिकै श्रेष्ठको मोबाइल नम्बर पत्ता लगाई उनलाई जग्गाको बारे जानकारी दिएको उनको भनाई छ । प्रकाश श्रेष्ठलाई कपुरीले फोन सम्पर्क गर्दा श्रेष्ठले भने ‘मुकेश शाहले विराटनगरमा भेटेका बेला आफूलाई सो जग्गाको बारे जानकारी दिएको हो ।’

उनका अनुसार विराटनगरमा भेटेका शाहले आफूलाई मोबाइलको ह्वाईअप मार्फत जग्गाको डकुमेन्ट दिएको बताए । शाहले जग्गा किन्दा केही लफडा होला भनेर प्रश्न गर्दा केही लफडा छैन तुरुन्त पास गरिदिन्छु ढुक्क भएर लिनुस् भन्दै पटक पटक फोन सम्पर्क गरेको श्रेष्ठले बताए ।

'ज्वाइँ हुँ 'भन्दै वृद्धा आमाको सम्पत्ति कब्जा

लिम्बुले भनिन ‘ राईले बहिनीसँग करिब ८ वर्ष प्रेम सम्बन्ध राखेपछि ललाई फकाई हुनेवाला ज्वाइँ हुँ भन्दै वृद्धा आमा पनि नजिक भएको आफूलाई पछि मात्र थाहा भएको बताइन् । उनका अनुसार आमाले पनि रामप्रसाद राईलाई कान्छो छोरो समेत भन्न थालेकी थिइन ।

बहिनीलाई श्रीमतीको रूपमा लिन्थे । चन्द्रा लिम्बुले मोरङ साबिक दुलारी ४ ख कित्ता नम्बर ७७९ को ८ कट्ठा २ धुर जग्गा आमालाई बकस पास गरी दिएकी थिइन् । राईले भने फोन उठाएनन् धरौटीमा छुटेका राई धरानमै छन् ।

चन्द्र लिम्बुले पत्रकार सम्मेलनमा जग्गा बेच्न लागेको भनी लगाएको आरोपका बारेमा उनको भनाई बुझ्न खोज्दा उनले फोन उठाएनन् । उनको मोबाइल नम्बर 985-2056743मा पटक पटक फोन गर्दा पनि उनले फोन उठाएन्न  ।

likhit patra ram prasad rai

0166b082-40de-4c8e-b812-f9e335d093df (1)