धरान : धरानमा बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीका लागि धरानमा नयाँ शैक्षिक परामर्शदाता ब्रिज  ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको १२औँ शाखा धरानमा आज बुधवार देखी सुरु भएको छ ।
 शाखा धरान १० स्थित पुतलीलाईनमा स्थापना गरिएको छ । शाखा आज देखि विधिवत् रूपमा जेठ २८ गते बुधवार कार्यालय उद्घाटन गरी सेवा सञ्चालन गरेको हो । 
बिज्र ईन्टरनेशनलको संसारभर १८ भन्दा बढी देशहरूमा शाखा रहेको शाखाका डाइरेक्टर आर्किटेक इन्जिनियर निर्णय निरौलाले जानकारी दिए । 
उनका अनुसार ब्रिजको शाखाहरू अस्ट्रेलिया,अमेरिका,क्यानडा, युके,न्युजिल्यान्ड, ब्रिज ईन्टरनेशनलको शाखाहरू छन् । भने नेपालमा शाखा ईटहरी, बिर्तामोड,नेपालगन्ज,चितवन,धुलाबारी,नेपालगन्ज,काठमाडौँमा धमाधम खुल्ने क्रममा रहेको छ ।
ब्रिज  ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले धरानमा शाखा स्थापना गरी विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण गर्दै भाषा कक्षा समेत सञ्चालन गर्ने अध्यक्ष निरौलाले बताए ।
बेलायतका परामर्शदाता कृष्णा धमलाले ब्रिज  ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले अस्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड,जापान देशहरूमा गएका विद्यार्थीहरूलाई सेटल गर्दे परामर्श र आर्थिक भौतिक सहयोग गर्दे एयरपोर्टमा रिसिभ गर्दे कलेज सम्म पर्याउने  गरेको बताए ।
धमलाले अध्ययनका लागि जान चाहनेहरूलाई भाषा कक्षाको सुविधा दिँदै शैक्षिक परामर्श विगत १८ वर्ष देखि गर्दै आएको बताए । उनले विद्यार्थीहरूलाई सेवा सुविधा प्रदान गर्न ब्रिजले अब धरानमै शाखा स्थापना गरी शैक्षिक परामर्श सुरु गरेको  बताए ।