धरान : ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन–५ को शनिवार भएको ग्राण्ड फिनालेमा जुनियरबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना राई र सिनियरबाट डिपी बिलिभर्स स्कुल धरान–५ का छात्रा स्मीका सुनुवार विजेता बनेकी छन् ।   
गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित प्रतियोगिता सदन सभा भवनमा भएको थियो । विजेता साहाना र स्मीकाले नगद ५०/५० हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टरमा १ वर्ष निःशुल्क नृत्य प्रशिक्षणको अवसर पाएकी छन् । प्रतियोगितामा साहानाले वेष्ट फोटो जेनिक र स्मीकाले मोष्ट एक्टिभ अवार्ड पनि जितेकी छन् ।  
प्रतियोगिताको फस्ट रनर अप जुनियरबाट होली गार्डेन एकेडेमी धरान–१ की छात्रा ईमानी विष्ट र सिनियरबाट सुनाखरी एकेडेमी धरान–१२ की छात्रा नाम्साङ लिम्बु भइन् । दुवैले नगद २०/२० हजार क्राउन, ट्रफी, प्रमाण पत्र, ६ महिना निःशुल्क नृत्य प्रशिक्षण पाउने भएकी छन् । प्रतियोगितामा ईमानीले मोष्ट पोलाईट साथै नाम्साङले मोष्ट चार्मिङ र वेष्ट मेकअपको अवार्ड पनि पाइन् । 
सेकेन्ड रनर अप जुनियरबाट पब्लिक हाई स्कुल धरान–१२ की मोनिका राई र सिनियरबाट पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९ की मेन्सिहाङ्मा राई बनिन् । दुवैले १५/१५ हजार र क्राउन, ट्रफी, प्रमाणपत्र, ६ महिना निःशुल्क नृत्य प्रशिक्षणको अवसर पाइन् । मोनिकाले मोष्ट एक्टिभ र वेष्ट क्याटवाक अवार्ड र मेन्सिहाङ्माले वेष्ट क्याटवाक र वेष्ट मेकअप अवार्ड पाइन् । 
अन्य अवार्ड जुनियरबाट मोष्ट अनेस्ट धरान मन्टेश्वरी एकेडेमीकी आरोही शाह, मोष्ट डिसीप्लीन युरेका रेसिडेन्टल सेकेन्डरी स्कुलकी सुहाना श्रेष्ठ, मोष्ट एक्टिभ धरान मन्टेश्वरी एकेडेमीका प्रज्ञान लकान्द्री घोषित भइन् । 
मोष्ट फ्रेन्डली दिल्ली पब्लिक स्कुलका सबल थापा मगर, मोष्ट हेल्प फुल धरान मन्टेश्वरी एकेडेमीकी प्रनिसा खतिवडा, वेष्ट स्माईल जोलसाया एकेडेमीकी चासुम राई, मोष्ट चियरफुल मोष्ट धरान मन्टेश्वरी एकेडेमीका हृदहाङ राई, मोष्ट ईम्प्रुभ समिट सेकेन्डरी स्कुलकी प्रनिसा माझी भए । 
 मोष्ट चार्मिङ र वेष्ट भ्युअर च्वाईस धरान मन्टेश्वरी एकेडेमीकी छात्रा मेलिसा राई तथा मोस्ट पङ्चुअल र वेष्ट मेकअप बुद्ध आदर्श सेकेन्डरी बोर्डिङ स्कुल धरान–९ की छात्रा सोमिया राई घोषित भइन् । 
सिनियरबाट मोष्ट पङचुअल विष्णु मेमोरियल सेकेन्डरी स्कुलकी प्रास्ना तिम्सिना, मोष्ट फे्रन्डली धरान लिगामेन्ट सेकेन्डरी स्कुलका अतिन गुरुङ, मोष्ट हेल्प फूल विष्णु मेमोरियल से.स्कुलकी विद्या राई, मोष्ट डिसिप्लीन विद्या भूषण स्कुलकी छात्रा मेघा मगर, मोष्ट अनिष्ट गीन्सार थापा मगर घोषित भइन् ।  
विष्णु मेमोरियल स्कुलकी क्रिष्टा गुरुङले वेष्ट फोटो जेनिक र वेष्ट भ्युअरको अवार्ड च्वाईस हासिल गरिन् । 
गरिमा डान्स सेन्टर धरानको प्रबन्ध निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा भएको फिनालेको प्रमुख निर्णायक मिस कोशी १९९८ कृति श्रेष्ठ, कोरियोग्राफर ललित राई, मोडल रोनिक अग्रवाल, लक्ष्मी लिम्बु र पत्रकार भीषण राई थिए । प्रतियोगितामा कक्षा ५ सम्मका जुनियर ग्रुप र कक्षा ६ देखि ९ का सिनियर ग्रुपमा कुल २३ बिच प्रतिस्पर्धा भएको थियो ।