वराहक्षेत्र :वराहक्षेत्र नगरपालिकाले डेङगु रोग सङ्क्रमण महामारी न्युनिकरणकालागि पूर्वतयारी स्वरूप सरोकारवालाहरूलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको "बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने" सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।
डेङगु रोग सङ्क्रमणलाई न्युनिकरणकालागि नगरपालिकाले वडा वडामा गएर सचेतनात्मक कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश प्रसाद मेहताले बताए ।
गएको वर्षहरूको तथ्याङ्क आधारमा डेङगु रोगको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले वडा-वडामा गएर सरोकारवालाहरूलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।
मङ्गलवार वराहक्षेत्र नगरपालिका वडा नं. ५ कालाबञ्जर स्थित वडा कार्यालयको सभाहलमा आयोजना भएको अभिमुखीकरण कार्यक्रममा वडा नं. ३, ४ र ५ का जनप्रतिनिधिहरू, वडामा रहेका कर्मचारी, वडामा रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयसेविकाहरु,सङ्घ,संस्थाका प्रतिनिधिहरू,राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 
कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नं. ३ का अध्यक्ष राजदिप लामा, वडा नं.४ का अध्यक्ष आशाराम चौधरी, वडा नं.५ का अध्यक्ष रोहित काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
'खोज र नष्ट गर' अभियानलाई प्राथमिकतामा राखेर सुरु भएको उक्त अभिमुखीकरण कार्यक्रम डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहता सहजीकरण गरेका थिए  ।