धरान : स्थानिय सरकार धरान उपमहानगरपालिकाको डेङगुको प्रकोप रोकथामका लागि २० वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोयर्ड अभियान सुरु गर्न परिपत्र गरेको छ।

परिपत्रसंगै मेयर हर्क साम्पाङले शुक्रवार देखी धरान-१७ इन्द्रेणी मार्ग नमुना चोकदेखि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु गरेका छन्। स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार ‘सर्च एण्ड डिस्ट्रोय’ मात्र डेङगु नियन्त्रणको उत्तम उपाय भएकोले अभियान सुरु गरिएको हो।

सबै वडालाई अभियान सुरु गर्न परिपत्र गरिए पनि उपमहानगरपालिकाबाट तदारुकता पूर्वक पहल नहुँदा सबै वडामा एकसाथ ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान लागु हुनसकेको छैन। धरान वडा १ मा शनिवार वडाध्यक्ष यज्ञमणि आचार्य, नगरसभा सदस्य विनोद मानन्धर फगिङ गराउँदै हिँडेको देखिए।

अध्यक्ष आचार्यले भने ‘वडाकै साधन श्रोतमा लार्भा हुनसक्ने ठाउँहरूमा सर्च एण्ड डिस्ट्रोय अभियान सुरु गरेका छौँ ।’तर सबै वडामा यस्तो तदारुकता पाइन्न । डेङगु नियन्त्रणको लागि प्रभावकारी उपाय लार्भाको वासस्थान खोजी र नष्ट गर्ने अभियान २० वटै वडाको टोलटोलमा पुगेको छैन।

महाशाखा प्रमुख मेहताले भने ‘अभियान सुरु गर्न सबै वडामा प्रचार भई सकेको छ, अध्यक्ष ज्युहरूको सकृयतामा अभियान सञ्चालन हुनेछ।’ तर सबै वडामा अभियान चालु भएको पाइन्न।महाशाखाको तथ्याङ्क अनुसार डेङगुको कारण धरान-१७ मा एक जना महिलाको जेठ २३ गते मृत्यु भएको पुष्टि भएको छ ।

असार १० देखि १३ सम्मको तथ्याङ्कमा धरानका २० वटै वडामा कुल ७ सय ७८ जनाको स्वास्थ्य परीक्षण गर्दा २ सय ४१ डेङगु सङ्क्रमित पाइएको छ।तथ्याङ्क अनुसार डेङगु प्रभावितको संख्या वडा १ मा ५, वडा-२ मा ३, वडा-३ मा ३, वडा-५ मा १, वडा-६ मा २, वडा-७ मा १, वडा-८ मा १० जना छ । यस्तै वडा-९ मा ३, वडा-१० मा ४, वडा-११ मा ५१, वडा-१२ मा ३, वडा १३ मा ६, वडा १४ मा १,  वडा १५ मा १०, वडा १६ मा ३१, वडा १७ मा ७५ जना छ । वडा -१८ मा १७ जना, वडा १९ मा १, वडा २० मा १ र वडा नम्बर नखुलेको १३ जना सङ्क्रमित समेत अहिले सम्म कुल २ सय ४१ सङ्क्रमित पाइएको छ।

dengue rokthamमहाशाखा प्रमुख मेहताका अनुसार डेङगु परीक्षणको लागि रोग नियन्त्रण महाशाखा काठमाण्डौँ र प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटासँग समन्वयमा कोशी प्रदेशका विज्ञ टोली आएर डेङगु परीक्षण गरिएको हो । शुक्रबार आएको टोलीले  धरान-१७ फोकल्याण्ड टापु लगायत अन्य टोलहरूमा स्वास्थ्य परीक्षण गर्दा डेङगु सङ्क्रमण प्रमाणित भएको उनले बताए।धरानमा २ महिना अघिदेखि डेङ्गु फैलिए पनि उपमहानगरपालिकामा असार १०-१३ गते ३ दिनको मात्रै तथ्याङ्क छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको तथ्याङ्क अनुसार स्वास्थ्य परीक्षण गराएका असार १४ गते ५२ जनामध्ये ३२, असार १५ गते ६८ जना मध्ये ४९, असार १६ गते ४५ जना मध्ये २९ जना सङ्क्रमित देखिएका छन् । उक्त तथ्यांकहरु अनुसार धरानमा अहिलेसम्म डेङगु संक्रमितको संख्या ३२४ जना पुगेको छ। तर, डेङगु नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ सुरु भएको भनिएतापनि सबै वडामा प्रभावकारी कार्यान्वयन भएको देखिएको छैन । केही वडाहरूले नियन्त्रणका पहल थाले पनि पर्याप्त वडा वासीहरुमा  सचेतना अभियान सञ्चालन गरेको छैन ।

धरानमा वडा १७ र ११ सबै भन्दा बढी डेङगुको प्रभावित क्षेत्र भएपनि नियन्त्रण कार्य प्रभाकारी भएको छैन । धरान-१७ का वडा सदस्य मनिष बिष्टका अनुसार सम्पूर्ण टोलमा पहिलो चरणको फगिङ कार्य सकिएपनि सर्च एण्ड डिस्ट्रोइको सचेतना कार्यक्रम सञ्चालन भएको छैन ।

धरान-११ वडाध्यक्ष लोकेन्द्र फागोले भने टोलटोलमा फगिङ धुवा उडाउने कार्य भईरहेको बताए । धरानका सम्पूर्ण वडामा फगिङ कार्य भई रहेको छ । तर टोलटोलमा सचेतना कार्य नभएको स्थानियको गुनासो छ।स्वास्थ महाशाखाले परिपत्रमा वडाहरूका टिएलओसँगको सहकार्यमा सचेतना बढाउन अन्तरक्रिया, माइकिङ गर्न उल्लेख गरेको छ । सबै वडामा त्यो काम भने भइरहेको छैन ।

data dharan