उपेन्द्र यादव स्वास्थ्यमन्त्री, इस्तियाक सहरी विकास

 

दुई मन्त्रालयसहित संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी हुने भएको छ । नवनियुक्त मन्त्रीको शपथ शुक्रबार दिउँसो ३ बजे शीतल निवासमा हुँदैछ ।

स्रोतका अनुसार उपेन्द्र यादव स्वास्थ्य मन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुने भएका छन् । यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री भएका थिए भने राई श्रम मन्त्री भएका थिए ।
 
गएको चुनावमा यादव सप्तरी– २ र राई बाँके– २ बाट निर्वाचित भएका थिए ।
 
दुई बुँदे सहमतिसँगै फोरम सरकारमा सहभागी हुन तयार भएको हो ।