इटहरी । मंगलबार देखि ४ बुँदे माग राख्दै राहत शिक्षकहरुले देशभरका सामुदायिक विद्यालयहरु बन्द गराएका छन ।
यसैविच सुनसरीमा रहेको विभिन्न स्थानका सामुदायिक विद्यालयहरु पनी ठप्प पारेका छन् । राहत शिक्षकहरुले सवै सामुदायिक विद्यालयहरु वन्द गराएका छन् । नेपाल राहत शिक्षक समितिले आफ्नो माग पुरा नभएको भन्दै मंगलवार , वुधवार र विहिवार शैक्षिक सस्थामा हड्ताल गरेको राहत शिक्षक समितिका पुर्व प्रदेश सचिव उमेश सुवेदीले वताए ।
राहत शिक्षक संघर्ष समितिले सवै राहत शिक्षकहरुलाई एकमुष्ठ स्थायी गरिनुपर्ने, लगायतका माग राख्दै आन्दोलनमा उत्रेको र आफ्नो माग सम्वोधन नभए अर्काे चरणमा आन्दोलन स्वरुप देशभरका राहत शिक्षकहरु अनसन वस्ने पुर्वसचिव सुवेदीले जानकारी दिए ।
राहत शिक्षकले विद्यालय बन्द गरेपछि सुनसरीका सामुदायिक विद्यालयमा अध्ययनरत हजारौ विद्यार्थीको पठापाठन प्रभावित भएको छ ।।