एजेन्सी- निद्रामा सास फेर्न गाह्रो हुने समस्या (स्लिप एप्निया) को समस्या भएकामा युरिक एसिड (गाउट)को जोखिम बढी रहेको एक अध्ययनले देखाएको छ। एउटा नयाँ अध्ययनका अनुसार निद्रामा अवरोध पुग्ने समस्याले दुखाइ हुने आरथाइटिस ‘गाउट’को जोखिम बढाउन सक्ने बताएको छ।
निद्राको बेला सास फेर्न गाह्रो हुने अवस्थलाई स्लिप एप्निया भनिन्छ ।
वैज्ञानिकहरुले करिब ६ वर्ष स्लिप एप्नियाबाट ग्रसित रहेका १५, ८७९ मानिसहरुमा सर्वेक्षण गर्दा ४.९ प्रतिशित बिरामीहरुलाई गाउट देखा परेको थियो ।दुवैमा मोटोपना, उच्च रक्तचाप , मधुमेह तथा अरु अवस्थाहरु आउन सक्छन् । निद्रामा अक्सिजनको प्रवाह राम्ररी भएन भने त्यसले युरिक एसिड उत्पादन गर्छ, त्यो युरिक एसिले हाड जोर्नी सुन्निनुका साथै गाउटको दुखाइ महसुस हुन्छ ।
स्लिप एप्नियाको समाधानको लागि एयरवे प्रेसर मसिन सिप्याप(कन्टिनियस पोजिटिभ एयरवे प्रेसर मेशिन ) दिइन्छ जसमा बिरामीलाई मास्क लगाइन्छ जसले गर्दा सास फेर्न सजिलो बनाउँछ ।अध्ययनका मुख्य लेखक मिलिका ब्लेगोजेभिक बकनेल जो केले युनिभर्सिटी इन्ग्ल्याण्डमा कार्यरतका अनुसार यो अवलोकनात्मक अध्ययनले कारण र प्रभाव भन्दैन । सिप्प्याप प्रयोग गर्ने मानिसमा गाउटको जोखिम घटाउन सकिन्छ।