धरान । नेत्र बिक्रम चन्द विप्लवको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको भन्दै आज लामो दुरीको यातायात र शैक्षिक संस्थाहरु बन्द छन् । बजारका पसलहरु पनि छिटपुटरुपमा मात्र खुलेका छन् । तर, खास बन्द कस्ले गरेको भन्नेमा अन्यौल छ ।
यातायात मजदुरहरु सरकारले आफुहरुविरुद्ध ल्याएको कडा कानुनको विरोधमा बन्द गरेको दाबी गरिरहेका छन् । स्कुल, कलेजहरु भने विप्लवको कारण बन्द गरिएको बताउँछन् । ‘विप्लवको पनि बन्द भन्छन्, तर आज हामी चालक मजदुरहरुले आफै गाडी नचलाएको हो,’यातायात मजदुर भिम राईले भने । बन्द जस्ले गरेपनि सर्वसाधारण जनता, विद्यार्थीहरुले दुःख पाएका छन् । काठमाण्डौंबाट नाइट बसमा धरानको भानुचोकमा आज मंगलबार बिहान आइपुगेका सिंहबहादुर लिम्बु अलपत्र परेका छन् । उनी धनकुटाको राजारानी जानुपर्ने थियो । ‘राजारानी जाने गाडी नै चलेको छैन, २ घण्ट भइसक्यो यही अलपत्र छुँ,’उनले भने ।
सिंहबहादुरजस्ता थुप्रै यात्रुहरु धरानको भानुचोकमा अलपत्र छन् । टेम्पो, सफारी, मोटरसाइकलजस्ता साना सवारीहरु भने निर्वाध चलेका छन् । तर, धरानबाट चल्ने विराटनगर, काकडभिट्टा, पश्चिम र पहाडी रुटका गाडीहरु चलेका छैनन् । जसको कारण सर्वसाधारण जनताले निक्कै सास्ती खेप्नु परेको छ ।

IMG_20180918_083245 IMG_20180918_083959 IMG_20180918_083836 IMG_20180918_083951 IMG_20180918_083929 IMG_20180918_083948 IMG_20180918_084446 IMG_20180918_085259