विना छाता घाममा हिड्नाले छाला कालो हुने गर्छ । र, छालाको कालो भाग छिटै चाउरीने गर्छ । त्यसैले, बाहिर निस्कदा सन्सक्रिम तथा छाताको प्रयोग गर्न जरुरी छ ।
छालालाई स्वस्थ तथा हाइड्रट राख्न टक्सिनरहित मोइ स्चराईजरको प्रयोग जरुरी छ । र, सुत्नु अगाडी यसको प्रयोग महत्वपूर्ण मानिन्छ ।
फेशियल एक्सरसाइज
अनुहारको एक्सरसाइजले अनुहार चाउरी पर्न दिदैन । निधार चाउरी पर्नबाट जोगाउन दुवै हातलाई निधारमा राखेर औलालाई निधार र आखी भौको बीच भिजाउन सकिन्छ । अब विस्तारै औलालाई हत्केलाको सहायताले बाहिरतिर लैजान सकिन्छ । त्यसबाहेक, यी एक्सरसाइजद्धारा पनि अनुहारको एक्सरसाइज गर्न सकिन्छ ।
१। ओठलाई हल्का बन्द गरेर गालालाई आँखातिर खिच्ने प्रयास गर्ने । अब ठूलो मुस्कुराहटको साथमा ओंठको बाहिरको दुवै कुनालाई उठाउने प्रयास गर्ने । र, केही समय यही मुद्रामा बस्ने ।
२। फिस फेश एक्सरसाइज गाला तथा बंगाराको लागि निकै राम्रो मानिन्छ । यस एक्सरसाइजको सहायताले ओठले सही लिन्छ । ओठलाई हल्का बन्द गरेर गालालाई सक्दो भित्रतिर खिचेर यही अवस्थामा मस्कुराउने कोशिश गर्ने । अब करिब १५ सेकेन्ड यही मुद्रामा बसेर यो प्रक्रियालाई पाँच पटक दोहर्यााएको खण्डमा यसले गाला तथा बंगारालाई स्वस्थ राख्न सघाउ पुर्यानउँछ ।
३। पूरै अनुहारमा गरिने व्यायाम भएकोले नै यसलाई पपेट फेस एक्सरसाइज भन्ने गरिन्छ । यसले गालाको मांसपेशीलाई मजबुत बनाउनुका साथै टाइट राख्छ । औलालाई गालामा राखेर मुस्कुराउने कोशिश गनेए । अब गालालाई माथितिर तानेर मुस्काउने प्रयास गर्ने ।