काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीको वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ७० वर्षको उमेरमा सक्रिय राजनीतिबाट विश्राम लिने उद्घोष गरेका छन् । यू स्टार्ट अगेन कार्यक्रममा कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफु ७० वर्षको भएपछि सक्रिय राजनीतिबाट अलगिने बताएका हुन् ।
युवा पुस्तालाई नेतृत्वमा ठाउँ दिनको लागि पनि आफूहरूले बिश्राम लिनुपर्ने धारणा राखे । अहिले नै सरकारको समिक्षा गर्ने बेला नभएको भन्दै उनले आलोचना नगर्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री नेपालले जनतालाई परिणाम देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने समय भएको भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिए । नेता नेपालले दुई पार्टीबीचको एकता लामो छलफलपछि भएकोले मजबुत हुने पनि जिकिर गरे ।