धरान  : रोटरी क्लब अफ धरान घोपाले धरान १३ स्थित सत्य साई स्कुललाई ५ सेट कम्प्युटर प्रदान गरेको छ । स्कुलका विद्यार्थीहरुले समयअनुसार कम्प्युटर शिक्षाबाट बञ्चित हुनु नपरोस् भनेर सहयोग गरेको रोटरीले जनाएको छ ।
विद्यालयमा एक कार्यक्रम आयोजना अध्यक्ष मुकेश अग्रवाल, हस्तान्तरण कार्यक्रमका संयोजक अलंकार पलिखेले प्रिन्सिपल विश्वराज खनाललाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व रेक्टर एवं हाडजोर्नी विशेषज्ञ डा. बिक्रम श्रेष्ठको पनि उपस्थिति रहेको थियो । ‘स्कुलमा कम्प्युर नभएको पढाई पनि भएको थिए । यो थाह पाएर हामीले सहयोग गरेका हौं,’रोटरी कम्युनिटी क्रप्स(आरसिसि)का अध्यक्ष किसन मास्केले भने ।
यसैबीच,रोटरीले सोमबार धरान १७ फोकल्याण्ड टापुमा महिला वडा सदस्य मिना लावतीको अध्यक्षतामा आरसिसि गठन गरेको छ । आरसिसिको सचिवमा सकुन गेलाल छन् भने सदस्यहरुमा भिमराज राई, मेघबहादुर राउत, जितबहादुर बिष्ट, सविता राई श्रेष्ठ र अञ्जना बिक रहेका छन् । आरसिसिका अध्यक्ष मास्केका अनुसार स्थानीय समुदायको आवश्यकता बुझेर शिक्षा, स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु आयोजना हुनेछ । उनले भने,‘उपचारको लागि स्वास्थ्य शिविर राख्ने हो कि, बच्चाहरुलाई नियमित स्कुल पठाउन सहयोग गर्नुपर्ने हो कि भनेर आवश्यकता बुझ्छौं, र त्यसैअनुसार प्रोगम गछौं ।’