धरान : नेपाल, भारत, वंगलादेश र भुटानका दन्तचिकित्सक एवं विद्यार्थीहरु धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेला भएका छन् । नेपाल डेन्टल एशोसिएशनको दुई दिने १९ औं बार्षिक डेन्टल सम्मेलनमा सहभागी हुन उनीहरु धरान आएका हुन् ।
एशोसिएशनका सुनसरी जिल्ला अध्यक्ष डा.अशोक ऐरका अनुसार शुुक्रबार(आज) र शनिबार दुई दिन सम्मेलन चल्नेछ । सम्मेलनमा ४ सयको हाराहारीमा सहभागीहरु छन् । सहभागीहरुलले विभिन्न रिचर्स कार्यपत्रहरु प्रस्तुत गर्नेछन् भने पोष्टरकोरुपमा पनि रिसर्चहरु प्रर्दशनी हुनेछ । ‘अनुसन्धानहरुमा छलफल हुन्छ, नयाँ प्रविधिहरुको बारेमा पनि सिपमुलक तालिम हुन्छ,’उनले भने,‘यसले विद्यार्थी, डाक्टर सबैलाई फाइदा पुग्छ ।’
शुक्रबार अडोटरियम हलमा उद्घाटन भएको सम्मेलनमा नेपाल सरकारका पुर्वस्वास्थ्य सचिव डा.प्रविण मिश्र प्रमुख वक्ताकारुपमा निम्त्याइएका थिए । डा. मिश्रले गरिब जनताको पहुँचमा कसरी स्वास्थ्य सेवा पुर्याउने बिषयमा प्रस्तुती दिएका थिए । उनले बीपी प्रतिष्ठान जस्तो ठुला र सरकारी अस्पतालहरुको सेवामा गरिब जनताहरुको पहुँच पुर्याउनुपर्नेमा जोडदिए । कार्यक्रमा प्रतिष्ठानका रेक्टर डा.गुरु खनालले पनि मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक डा.प्रमिता सुवाल हुन् भने सचिव डा.ज्योत्सना रिमाल हुन् । कार्यक्रममा विभिन्न कम्पनीहरुले औषधी र उपकरणहरुको प्रर्दशनी पनि राखेको छ ।