नेपाल पत्रकार महासंघ झापाले लामो समयदेखि पत्रकारितामा निष्कृय सदस्यको छानबिन गर्न र नयाँ सदस्यताका लागि नाम सिफारिस गर्न समिति गठन गरेको छ । महासंघमा बसेको बैठकले अध्यक्ष तारामणी सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिकोसदस्यमा सचिव शन्तोष आचार्य, सहसचिव इन्द्रजीत मुखिया, सदस्य शुशिला संग्रौला र रञ्जित प्रसाई रहेका छन् । सरोकारवालासँगको सुझावका आधारमा विधान अनुसार नविकरण तथा नयाँ सदस्यताको नाम सिफारिस गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिए । मुलुकी फौजदारी, देवानी संहिता ऐनमा भएका प्रेस बिरोधी कानुनका बिरुद्ध महासंघ केन्द्रीय समितिले गर्ने आन्दोलनका कार्यक्रमलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । महासंघ झापा शाखाको साधारण सभा मंसिर मसान्त भित्रमा गर्ने र पत्रकार उपचार कोष कार्यान्वयन गर्ने निर्णय गरेको छ । महासंघले असोज २० गते विजया दशमीको अवसरमा दशैं शुभकामना कार्यक्रम संचालन गर्ने भएको छ ।