इटहरी : गृहमन्त्री रामबहादुर थापा वादलले बलात्कार, हत्या र हिंसा जस्ता घटनालाई साँस्कृतिक क्रान्ति मार्फत अन्त्य गर्नुपर्ने बताएका छन् । बलात्कारी, तस्कर र राजश्व छल्नेहरु समाजवादका सत्रु भएको भन्दै उनले यस्ता तस्करहरुलाई समाप्त पार्न साँस्कृतिक क्रान्ति आवश्यक भएको बताए । इटहरीमा गृह मन्त्रालयले आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण तथा महिला हिंसा न्युनिकरण सम्बन्धी अन्तरक्रियामा बोल्दै गृहमन्त्री थापाले जनताका शुत्रहरुलाई जसरी पनि परास्त गर्ने बताए । बढ्दो बलत्कार, महिला हिंसा, लागुपदार्थ दुव्र्यसनी जस्ता घटनाहरुलाई न्यूनिकरण गर्न गृहमन्त्रालयले प्रदेशस्तरीय सचेतना कार्यक्रम आयोजना गरेको हो । सरोकारवाला निकायहरुसँग छलफल गरी समस्या समाधानका लागि पहल गरिने पनि कार्यक्रममा बताइएको थियो ।कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सिमामा हुने अपराध, देशको बर्तमान शान्ति सुरक्षाको विषयमा जानकारी दिएका थिए । लागुऔषध नियन्त्रण तथा हिंसा न्यूनिकरणका लागि स्थानीयस्तरमै सचेतनामुकल कार्यक्रम सञ्चालन गर्नुपर्ने औँल्याइएको थियो ।