धरान : नेपाल तामाङ महिला घेदुङ, धरान १५ को प्रथम साधारण सभा बिहिबार सम्पन्न भएको छ ।
महिला घेदुङ धरान १५ की अध्यक्ष तारा बम्जन तामाङको अध्यक्षतामा भएको सभामा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार सुजेन्द्र गोले प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि गोलेले तामाङ महिलाहरुको आर्थिक, समाजिक, राजनीतिक, शैक्षिक स्तरोन्नतिका लागि नेपाल तामाङ घेदुङ, नेपाल तामाङ महिला घेदुङले ठोस नीति, योजना र कार्यक्रम बनाउनुपर्ने र यसका लागि राज्यका निकायहरुले सहयोग गर्नुपर्ने बताए । सभामा प्रदेश नं. १ उपाध्यक्ष रामबहादुर ग्याबा, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, धरान नगर अध्यक्ष प्रेम वाइवा, नगर सचिव राम योञ्जन, नेपाल तामाङ महिला घेदुङ, सुनसरीका अध्यक्ष विष्णु मोक्तान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरानका पूर्व अध्यक्ष रमला पाख्रिन, ङ्यूने लाखाङ् गुम्वाका अध्यक्ष लोकबहादुर थिङ, टोल विकास समितिका अध्यक्ष टिका पाख्रिनलगायतले पनि मन्तव्य राखेका थिए ।
सभामा सचिव माया गोलेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपिला तामाङले वार्षिक आय व्यय प्रस्तुत गरेका थिए । धरान १५ का तामाङ महिलाहरु तारा तामाङ, सम्पूर्णा तामाङ, गंगा तामाङ, माया तामाङ, शान्ति तामाङ, बसन्ती तामाङ, मुना तामाङ, राधिका तामाङ लगायतले तेन्पा लोपेन खेन्पो गरुवाट लामा भाषामा मानी मलम पाठ सम्बन्धि शिक्षा लिंदै मरीमरौ परेको घरमा गई दिवंगत आत्माको शान्तिको लागि मानी मलम पाठ गर्ने गरेको अध्यक्ष तारा बम्जनले बताए ।