धरान : तामाङ जातिको गोले थरको १ नं. प्रदेशस्तरीय भेला धरानमा सम्पन्न भएको छ । भेलाले स्थानीय तहमा पनि संगठन विस्तार गर्ने, वंशावली निर्माण गर्नेलगायत महत्वपुर्ण बिषयहरु पारित गरेको छ ।
गोले तामाङ वंश उत्थान समाज पाँच वर्ष अघि गठन भएको थियो । प्रदेशस्तरीय भेलाले राज्यको संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहमा संगठनको ढाँचा बनाई संगठन विस्तार गर्ने निर्णय गरेको छ । यस्तै, गोले तामाङहरुको वंशावली निर्माण गर्ने, मौलिक परम्परा र संस्कृतिको खोजी तथा संरक्षण र प्रवद्र्धन गर्ने निर्णय पनि भेलाले गरेको छ । दुई दिनसम्म धरानमा चलेको भेलाले गोले तामाङहरुको लगत तयार गरी राजनीतिक, सामाजिक, आर्थिक एवं शैक्षिकस्तर वृद्धि गर्न आवश्यक ठोस नीति, कार्यक्रम र योजना निर्माण गर्ने पनि प्रस्ताव पारित गरेको छ ।

प्रदेशस्तरीय तदर्थ समिति चयन

भेलाले मैतबहादुर गोले(सुनसरी) को अध्यक्षतामा १ नम्बर प्रदेशस्तरीय तदर्थ समिति पनि चयन गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द गोले(संखुवासभा), सचिव लक्ष्मी प्रसाद गोले(सुनसरी) र कोषाध्यक्षमा सोमनाथ गोले(झापा) चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा जयबहादुर गोले(भोजपुर), दलमान गोले(इलाम), सन्त गोले(पांचथर), नरेशमोहन गोले(उदयपुर), सिता गोले(मोरङ), दिलबहादुर गोले(ओखलढुंगा), मानबहादुर गोले(धनकुटा) र याम गोले(सुनसरी) रहेका छन् । भेलाले खोटाङ, तेह«थुम र ताप्लेजुङवाट एक÷एक जना सदस्य थप गर्ने जनाएको छ । यस्तै, सुजेन्द्र गोले, रविन गोले, कृष्ण गोले, डम्बर गोले, भक्त गोले, ज्ञानबहादुर गोले, पूर्णिमाया गोले र ईश्वर गोलेलाई सल्लाहकारमा चयन गर्ने निर्णय समेत गरेको छ ।