धरान : वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रेडियोलोजी विभागका अरुण गुप्ताले विश्वकै उत्कृष्ट विश्वविद्याालय सिओल नेशनल युनिभर्सिटी, कोरियाबाट न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विषयमा विद्यावारिधी गरेका छन् । उनी यस विषयमा विद्यावारिध गर्ने नेपाल मै पहिलो व्यक्ति भएका छन् ।

उनी प्रतिष्ठानको विभागमा सिनियर प्राविधिक प्रशिक्षककोरुपमा कार्यरत थिए । यो महत्वपूर्ण विषयमा पिएचडी गर्ने पहिलो नेपाली हुन पाएकोमा आफुलाई निक्कै गर्व महशुस भएको उनले बताए । उनको यो योग्यतावाट मुख्यतः क्यान्सर परीक्षण र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले नेपालमा पनि अब क्यान्सर रोगको उपचारमा सहजता आउने देखिएको छ । विद्यावारिधी गरेपछि विदेशमा थुप्रै अवसर आएको र आफ्ना साथीहरुले पनि नेपाल नजान सुझाव दिएपनि आफ्नो देश र जनताको सेवा गर्ने उद्देश्य बोकेर प्रतिष्ठानमा काम गर्न आएको उनले बताए ।

यद्यपी उनले सेवा गर्ने उच्च मनोभावनाका साथ प्रतिष्ठान आउदा पनि हालसम्म प्रतिष्ठान व्यवस्थापनले स–सम्मान काम गर्ने वातावरण सिर्जना नगरेकोप्रति गुनासो पोखे । कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले विशेषज्ञ शिक्षा हासिल गरेका दक्ष जनशक्तिलाई प्रतिष्ठानले पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै व्यवस्थापनले स–सम्मान काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।