कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालमार्फत पथरी शनिश्चरे नगरपालिका कार्यालयले बसोवासको समस्या समाधान सहितका ५ बुँदे ज्ञापनपत्र सरकारमा बुझाउने भएको छ । नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा आज वसेको वडाध्यक्ष सहितको बैठकले भोली मन्त्री ढकालको नगरमा हुने कार्यक्रममा ज्ञापनपत्र बुझाउने निर्णय भएको हो । ज्ञापनपत्रमा, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास र सुकुम्वासी सहितको बसोवासको समस्या समाधान, वक्राहा नदीको व्यवस्थित तटवन्ध, वक्राहामा मौलीवारी जोड्ने झोलुङ्गे पुल निर्माण, पथरी डाइनिया सडक कालोपत्रे र नगरमा शीत भण्डारको व्यवस्थापनको माग राखिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।