धरान: धरान १८, बुद्ध चोकस्थित धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टको सप्ताहव्यापी कार्यक्रम आइतबारदेखि शुरु भएको छ ।

कलेजले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन विद्यार्थीहरुलाई हाइकिङको अनुभव गराएको थियो । बिहानै कलेजबाट विद्यार्थी, शिक्षक एवं सञ्चालकहरुसहितको टोली धरान २० स्थित चिण्डे डाँडासम्म हाइकिङ गएका थिए । विद्यार्थीहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले जानकारी दिए । ‘सप्ताहव्यापी कार्यक्रमअन्र्तगत विविध कार्यक्रम आयोजना गर्दैछौं, आज पहिलो दिन विद्यार्थीहरुलाई हाइकिङको अनुभव गरायौं,’सिइओ श्रेष्ठले भने ।

IMG_20181028_083530 copy

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार सरस्वती बालआश्रमका बालबालिकाहरु र पिण्डेश्वर मन्दिर परिसरमा रहने वृद्धवृद्धाहरुलाई खानाको प्याकेट(लञ्च बक्स) वितरण गरिनेछ भने तेस्रो दिन वत्तृत्वकला एवं होटल भ्रमण गराइनेछ । सिइओ श्रेष्ठका अनुसार विद्यार्थीहरुले धरान २ स्थित होटल नवयुगको भ्रमण गर्नेछन् । यस्तै, चौथो दिन रधान फिटनेश सेन्टरमा विद्यार्थीहरुलाई जुम्बा क्लास दिइनेछ भने पाँचौं दिन विद्यार्थीहरुबीचमा फुटसल हुनेछ भने पत्रकार र कलेजका टिचरहरुबीचमा मैत्रीपुर्ण फुटसल आयोजना हुनेछ । अन्तिम दिन नतिजा प्रकाशनसँगै पुरस्कार वितरण गरिने कलेजको भनाई छ ।

२०७३ सालदेखि सञ्चालनमा आएको यो कलेजमा १८ महिने डिप्लोमा तहको होटल म्यानेजमेन्ट पढाई हुदै आएको छ । अहिले चौथो ब्याच अध्यापन भइरहेको छ भने तिहार पछि पाँचौं ब्याच शुरु हुनेछ । ‘छठ पछि केन्ट कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको ४ बर्षे बि.एच.एम. पनि शुरु हुन्छ,’सिईओ श्रेष्ठले भने ।

44972117_362036077948754_5064550368004800512_n copy

44987643_262279834434325_1162475659356798976_n copy

44982860_578479875924004_3596254444259377152_n copy

44982017_715324258832427_8518356157398515712_n copy

44894431_1617347885231471_7136014623873957888_n copy