ईटहरी: सदस्यता विवादको कारण नेपाल प्रेस युनियन सुनसरीको आठौँ जिल्ला अबिधेशनको बन्दसत्रमा तत्कालको लागि स्थगित भएको छ ।

ईटहरीस्थित लायन्स भवनमा आयोजित अबिधेशनको खुला सत्र सौहार्दपुर्णरुपमा सम्पन्न भएपनि बन्दसत्रमा असन्तुष्ट पक्षले सदस्यताको बिषय उठाउदै विरोध जनाएपछि तत्कालको लागि स्थगित भएको हो । विवाद मिलाउन युनियनका केन्द्रीय सदस्य बिजय सन्तोषी राई, पुर्बाञ्चल संयोजक लिलावल्लभ घिमिरेलगायत अन्य नेताहरुले प्रयास गरेपनि सफल भएनन् ।
सहसचिवबाहेकका पदहरुमा सहमति जुट्न नसकेपछि निर्वाचनको तयारी भइसकेको थियो । तर एक पक्षले गणपुरक संख्याको मुद्दा उठाएपछि अन्ततः निर्वाचन मण्डलले बन्दसत्र स्थगित गर्यो । अब आइतबार सिधै चुनाव हुने विघटित समितिका सचिव एवं अध्यक्ष पदका दाबेदार पवन अधिकारीले जानकारी दिए ।

अध्यक्षमा निवर्तमान सविच अधिकारीसँगै पुर्वाञ्चल सचिव धनबहादुर पुरीको मनोनयन परेको छ भने उपाध्यक्षमा सञ्जीव वाग्ले र आशिष यादवले मनोनयन दर्ता गरेका छन् । दुवैलाई २, २ बर्षको कार्यकाल रहने गरी सहमति जुटाउने प्रयास  पनि विफल भएको थियो । यस्तै, सचिवमा विनय बाह्रकोटी र निसान प्रकृतिको मनोनयन परेको छ । उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश १ का सांसद तथा कांग्रेस जिल्ला सभापति राजीव कोइराला, संघीय सांसद सीताराम मेहता, इनरुवाका मेयर राजन मेहता, युनियनका पुर्बाञ्चल संयोजक लिलाबल्लभ घिमिरेलगायतले बोलेका थिए ।