इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता नटिक्ने दाबी गरेका छन् ।
सुनसरीको इटहरीमा सोमबार पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै थापाले यो दाबी गरेका हुन् । उनले नेपालमा राजनीतिक अस्थिरता कायम रहिरहेकोले दलहरू बीचको खिचातानीकै कारण धेरै बर्ष संघीयता नटिक्ने बताए । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष थापाले ओली सरकारको ८ महिने कार्यकाल समिक्षा गर्दा सरकार पुर्णरूपले असफल भइसकेको बताए ।

ओली सरकारकै पालामा सबै भन्दा बढी हत्या, चोरी, डकैती, बलात्कार जस्ता जघन्य अपराध भएको र त्यसमा पनि अपराधीलाई पनि सरकारले नै संरक्षण गरिरहेको उनको आरोप थियो । आफ्नो पार्टी भित्र पनि आन्तरिक विवाद रहेको तर त्यसलाई बढावा नदिएर मिल्ने तयारी भइरहेको उनको तर्क थियो । ुविचार मिल्ने पार्टीहरुसँग एकताको पहल भैरहेको छुस् उनले भने ।
नेपाल हिन्दु राष्ट्र भएको कारण राजतन्त्रबारे पुन बिचार गर्न दलहरूलाई सुझाव दिदै अध्यक्ष थापाले जनताले चाहे राजतन्त्र पुनस्थापना हुन समय नलाग्ने समेत धारणाा ब्यक्त गरे ।