इटहरी: इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले दुई जना वडा सचिवको मोटरसाइकल खोसेका छन् ।

आफ्नै निजी सवारीसाधन हुदाहुदै पनि सरकारी सेवाको मोटरसाइकल चलाएको पाइएपछि मेयर चौधरीले दुई सचिवबाट फिर्ता लिएका हुन् । मेयर चौधरीले वडा नं १९ का सचिव सञ्जिव खडका र १३ का सचिव बालकुमार पोख्रेलले प्रयोग गर्दै आएको मोटरसाइकल फिर्ता लिएका हुन् । मेयर चौधरीले दुवै वडा सचिवलाई पटक पटक मोटरसाइकल बुझाउन अनुरोध गर्दा अटेर गरिरहेका थिए ।

सचिवद्धयले निर्देशन अटेर गरेपपछि मेयर स्वय वडा कार्यालय पुगेर को १ ब १०२२ र को १ ब १०२३को मोटरसाइकल नियन्त्रयणमा लिएका थिए । वडामा उक्त मोटरसाइकल आवश्यक नदेखिएको तर उपमहानगरको योजना शाखामा भने आवश्यक देखिएकोले दुवैजना सचिवको मोटरसाइकल फिता लिएको मेयर चौधरीले बताए । दुवै वडा सविचहरूले इटहरी उपमहानगरका पुराना कार्यकारी अधिकृत पशुपति खतिवडाका पालामा मोटरसाइकल पाएका थिए ।

1 4