इटहरी : दैनिकजसो कार्यालय आउने जाने र साना तिना कार्यक्रमहरूमा रिवन काटन ब्यस्त रहने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको दिनचर्या अहिले बदलिएको छ ।मेयर चौधरी अचेल बिहानै चियाको पहिलो चुस्किसँगै इटहरीभित्रै रहेका ग्रामिण भेगका समस्याहरू बुझ्न गाउँ पस्छन् । त्यहाँका जनतासँग प्रत्यक्ष कुराकानी गर्छन्, र समस्याहरूको समाधान पनि पहिल्याउछन् । मेयरले घरदैलो अभियान चलाइरहदा उनले बिकासका नयाँ अवधारणा पनि जनतामाझ सार्वजनिक गर्दै आएका छन । ग्रामिण भेगका सडक सञ्जालहरूलाई मुख्य सहर तथा राजमार्गसंग जोडने काम लगलभ अन्तिम चरणमा रहेको र केही महिना भित्रै यो कामले निष्कर्ष पाउनेमा आफु विश्वस्त रहेको मेयर चौधरीको भनाइ छ ।

आफुपनि स्यवम ग्रामिण भेगमै बसोबास गर्ने हुदा यहाका स्थानीयहरू पिरमर्का र समस्याहरू बुझेर त्यसको सामधान गर्ने गृहकार्य स्वरूप आफु अघि बढेको मेयर चौधरी बताउँछन । उनले आउदो बर्षदेखि नगर बस सञ्चालन गर्ने, सडक सञ्जाललहरू मुख्य रााजमार्गसम्म जोडने र शिक्षा नीति सुधार एवम प्रत्येक वडामा बिकासमा नयाँ अवधारणा ल्याउने काम भइरहेको पनि बताए ।

उपमहानगरसँग जोडिएका भित्री सडक र आधा दर्जन बढी ग्रामिण बस्तीहरूको अवलोकन गरिसकेको मेयर चौधरीले बताए । ती बस्तीका मुख्य समस्याहरू अबको कार्यपालिकाको बैठकमा समावेश गराएर सामधान गर्न पुरै टिम लागि पर्ने पनि उनको भनाई छ । ग्रामिण भेगका धेरै जसो स्थानीयहरू कृषिसँग जोडिएको हुदा अर्काे बर्षदेखि लागु हुनेगरी इटहरी क्षेत्रमा किसान लक्षित आधारभुत कार्यक्रमहरू सञ्चालनमा ल्याई कृषि क्रान्तिलाई जोड दिने र माछापालनका लागि पोखरी खन्न उपमहानगरले निःशुल्क डोजर उपलब्ध गराउने उनको योजना छ ।