इटहरी: विश्व मधुमेह दिवसको अवसर पारेर सुनसरीको इटहरीमा निःशुल्क मधुमेह परीक्षण शिविर आयोजना भएको छ । लायन्यस क्लव अफ इटहरी, ग्रिन सिटी ,स्मार्ट सिटीका साथै लियो ग्रिन सिटीको आयोजनामा निःशुल्क मधुमेह परीक्षण शिविर आयोजना गरिएको हो । शिविरमा एक सय दस जनाको रगत परिक्षण गरिएको आयोजक सस्था स्मार्ट सिटीकी द्धितिय उपाध्यक्ष लक्ष्मी बराल गौतमले जानकारी दिइन । शिविरमा पशुपति मोडल अस्पताल इटहरीका स्वास्थ्यकर्मीहरुले प्राविधिक सहयोग पुर्याएको कार्यक्रम संयोजक पशुपति चौधरीले वताए । निःशुल्क रगत परिक्षण शिविर ग्रिन सिटीकी अध्यक्ष निर्मला चौधरीको अध्यक्षता तथा वडा नम्वर ९का अध्यक्ष भुपेन्द्र बराल रहेका थिए । कार्यक्रममा लियो ग्रिन सिटीका अध्यक्ष स्वस्तीका श्रेष्ठ, कृष्ण थापा, श्याम गिरीलगायतको उपस्थिती रहेको थियो । त्यसैगरी, विश्व मधुमेह दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाईटी उपशाखा इटहरीले राजदेवी मन्दिर परिषरमा सुगर, प्रेसर परिक्षण गरेको थियो । वडा नम्वर २ मा रहेको सो मन्दिर परिषरमा आयोजना गरिको कार्यक्रममा सो क्षेत्रका १ सय वढीको परिक्षण गरिएको रेड्रकस इटहरीका अध्यक्ष विमल पौडेलले जानकारी दिए । ग्रामिण क्षेत्रमा सुगर तथा पे्रसर सम्वन्धित सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको सो कार्यक्रममा प्राविधिक सहयोग विश्वास ल्यावका प्राविधिक सन्तोष विश्वासले गरेको सञ्जीव ढुंगानाले जानकारी दिए ।