धरान: युवा संघ नेपालले गएको तिहारमा देउसी खेलेर संकलन गरेको रकम आगलागी पीडित परिवारलाई सहयोग स्वरुप प्रदान गरेको छ ।

धरान ५, देवीगाउँका आगलागी पीडित वीरबहादर र उनकी पन्ती शान्ति राईलाई युवा संघको जिल्ला, क्षेत्र र नगर कमिटिले शुक्रबार सहयोग रकम हस्तान्तरण गरेको हो । राईको घरमा कार्तिक २५ गते राती आगलागी हुदा सम्पुर्ण जलेर नष्ट भएको थियो । देउसी खेलेर संकलन गरिएको २० हजार रुपैया सहयोग स्वरुप प्रदान गरिएको संघका नगर सचिव धिरेन लिम्बूले जानकारी दिए ।

सहयोग रकम पुर्व एमाले जिल्ला सदस्य एवं युवा इञ्चार्ज पदमप्रसाद लिम्बु, एमाले क्षेत्रीय सदस्य रमेश लिम्बु, पुर्व एमाले नगर कार्यवाहक अध्यक्ष नारायण सुवेदी, संघका प्रदेश कमिटि सदस्य दिवस राई, संघका क्षेत्रीय अध्यक्ष विनोद राई र नगर अध्यक्ष राजेन्द्र राईले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । संघले आगलागीबाट घर जलेर नष्ट भएका राई परिवारलाई थप राहत एवं सहयोग प्रदान गर्न विभिन्न संघसंस्थाहरुलाई पनि आग्रह गरेको छ ।

46387244_774658422882682_1963727539574669312_n copy