इटहरीः युवा पुस्तालाई उद्यमशिलतामा जागृत गराउने उद्देश्यले केही महिनादेखि इटहरीमा सञ्चालन हुदै आएको यात्रा उद्यमीको चौथो श्रृखला शैक्षिक उद्यमीसँगको कार्यक्रम सम्पन्न भएको छ । उद्यमीको यात्रा कार्यक्रममा चुनौति, अवसर र अनुभव सफल उद्यमीहरुबाट सुनाउने कार्यक्रम अन्र्तगत चौथो श्रृंखलामा शैक्षिक क्षेत्रका सफल तीन उद्यमीहरुले आफना विगत र वर्तमान अवस्थाका विषयमा सुनाए । एभरेष्ट पोलिसी इन्स्च्यिुटको आयोजनामा सफल उद्यमीले संगालेका अनुभवहरु सुनाउने कार्यक्रम सुरु हुदै आएको छ । यस पटकको यात्रा उद्यमीमा कस्तुरी कलेजका प्रिन्सिपल कमलेश पौडेल, प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापा र स्किल क्याम्पसका प्रमुख पृथ्वी पराजुलीले आफना संर्घषका दिन र वर्तमान अवस्थाका विषयमा चर्चा गरेका थिए ।

युवा पुस्तालाई लक्षित गरी उद्यमशिलतामा युवाहरुलाई जोस र जागर सृजना गर्ने मुल लक्ष्य रहेको कार्यक्रममा विद्यार्थी तथा युवा पुस्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विधा अन्र्तगतका सफल उद्यमीहरु सम्मान गरिएको कार्यक्रम आयोजक संस्थाका कार्यक्रम निर्देशक सम्राट थापाले जानकारी दिए । सोही अवसरमा इटहरी क्षेत्रको शैक्षिक विकासमा योगदान गरेको भन्दै,बोधराज नेपाल, गणेश दुलाल, खगेन्द्र पोखरेल, अनन्तकुमार सुवेदी, धर्म न्यौपानेलाई सम्मान गरिएको थियो ।
सफल युवा व्यवसायीहरु दिवश पोखरेल, देवराज मादेन, जिवन पराजुली, महिला युवा उद्यमी रञ्जु सिग्देल, सञ्चार व्यवसायी पवन अधिकारी सामाजिक अभियान्ता चन्द्र बराल, निराजन खड्का र दिपक पराजुलीलाइ कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले सम्मान गरेकी थिइन् ।