धरान : सामाजिक उत्तर दायित्वका निम्ति चिकित्सक नेपाल, विद्यार्थी च्याप्टर धरान तथा डाइबिटिज एन्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपालले दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
धरानको डिपिएस स्कुलमा बिश्व मधुमेह दिवस २०१८ “रन फर हेल्थी लाइफ“भन्ने नाराका साथ दौड कार्यक्रम सम्पन्न गरेको हो । स्कुलस्तरदेखि नै मधुमेहबारे जानकारी गराइए धेरै हदसम्म मधुमेह रोगबाट बाँच्न सकिने भएकोले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । स्वास्थ्य जीवनशैली अपनाउन प्रेरणा दिने उद्देश्यका साथ उक्त कार्यक्रम सन्चालन गरिएको हो ।
दौडमा उत्कृष्ट ९ जना बिद्यार्थीलाई प्रमाणपत्र र मेडल पनि प्रदान गरिएको थियो । साथै, विद्यार्थी तथा शिक्षकहरुको ब्लड सुगर पनि जाँच गरिएको थियो ।